ट्रकभित्र किशोरी सामूहिक बलात्कृत, ३ जना पक्राउ « Arthapath.com
५ चैत्र २०७६, बुधबार

ट्रकभित्र किशोरी सामूहिक बलात्कृत, ३ जना पक्राउ



काठमाडौं । चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएकी छन । घटनामा संलग्न तीन जना प्रहरीले पक्राउ गरेको छ । घटना भएलगत्तै प्रहरीले संलग्न दुई किशोरसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ बर्षीयका किशोरी बलात्कृत भएकी हुन ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार किशोरी बलात्कारमा संलग्न ३ जना राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का रहेका छन । उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जानकार िदिएको छ ।


प्रतिक्रिया दिनुहोस्