विद्युत नियमन आयोगले महशुल दर निर्धारण गर्दै, सुझाव कसरी दिने ? « Arthapath.com
५ चैत्र २०७६, बुधबार

विद्युत नियमन आयोगले महशुल दर निर्धारण गर्दै, सुझाव कसरी दिने ?



काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल निर्धारणको सुनुवाई गर्ने गर्ने भएको छ । जनताबाट आएको राय तथा सुझावको आधारमा निर्धारण गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै चैत्र १४, १६ र १७ गतेका दिनमा गरिने आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले जानकारी दिए । उनले भने महसुल दर निर्धारण गर्ने अभ्यासमा सार्वजनिक सुनुवाई आयोजना गी उपभोक्ताको परामर्शका आधारमा दर निर्धारण गर्ने भएको छ ।

जसमा देश तथा देशबाहिर रहेको सबै नेपालीले पनि सुझाव दिन सक्ने गरी पहिलो पटक सूचना प्रविधिबाट सुझाव संकलन गरेको हो ।

आयोगद्वारा उपभोक्ता र सरोकारवालाहरुको राय, सुझाव तथा प्रतिक्रिया विभिन्न सूचना प्रविधिको माध्यमबाट समेत उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

कोरोना भाईरसको व्यापक प्रभावलाई मध्यनजर गर्दै ठूलो भेला वा सभा नगर्न नेपाल सरकारले गरेको सूचनालाई अनुसरण गर्दै सरोकारवालाहरुबाट सूचनाको आधनिक प्रविधि मार्फत समेत उपभोक्ता तथा सरोकारवालाहरुको प्रतिक्रिया लिने व्यवस्था गरिएको हो। यसरी आयोगले प्राप्त गरेको राय, सुझाव तथा प्रतिक्रियाहरुमा समेत विचार गरी महसुल निर्धारण गरिनेछ ।

सुझाव कसरी दिने ?

आधुनिक प्रविधिबाट प्रतिक्रिया दिन इच्छुक सरोकारवालाहरुले सार्वजनिक सुनुवाई हुने दिन बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म मोबाइल नम्बर ९८४७३४००३८, ९८४७३४००४३ र ९८४७३४००४५ मा फोन गरी अर्थात सोहि मोबाईल नम्वरको ह्वाट्स एप र भाईवरबाट सम्पर्क गर्न सकनिे छ । आयोगको इमेल ठेगाना [email protected] वा आयोगका वेबसाईट www.erc.gov.np मार्फत आफ्नो राय, सुझाव तथा प्रतिक्रिया दिन सक्ने छन ।

साथै, स्वयं सहभागी भई राय, सुझाव तथा प्रतिक्रिया प्रस्तुत गर्न सरकारवालाहरुले आयोगको कार्यालयमा सम्पर्क गरी वा इमेल ठेगाना [email protected] मार्फत सुनुवाई हुने दुई दिन अगावै आयोग समक्ष नामावलि प्रदान गर्नुपर्ने रहेको छ ।


प्रतिक्रिया दिनुहोस्