कोरोना त्रासः २५ जनाभन्दा बढि भेलामा प्रतिवन्ध, चैत मसान्तसम्म शैक्षिक संथा बन्द (अन्य निर्णय यस्ता छन्) « Arthapath.com
५ चैत्र २०७६, बुधबार

कोरोना त्रासः २५ जनाभन्दा बढि भेलामा प्रतिवन्ध, चैत मसान्तसम्म शैक्षिक संथा बन्द (अन्य निर्णय यस्ता छन्)



काठमाडौं । विश्वभरि फैलिरहेको कोरोना भाईरसको संक्रमण दर दिनप्रतिदिन बढिरहरको छ । नेपालमा कोरोना संक्रमण हालसम्म देखिएको छैन । नेपाल कोरोना संक्रमण नभएको विश्वका देशमा हरियो सूचीमा रहेको छ । तर यसको प्रवेशमा कडाई गर्न सरकारेल कडा रुपमा निगरानी गरिरहेको छ ।

सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । बुधवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको उच्चस्तरीय समितिीले यस्तो निर्णय गरेको हो । कोभिड१९ नियन्त्रणको रोकथाम तथा नियन्त्रण गर्न २०७६ चैत मसान्तसम्मका लागि विद्यालय तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको हो ।

चैत ६ गते हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय भएको छ । तर कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस्