विदेशी नागरिक लैजान आज चार अन्तराष्ट्रिय हवाई उडान « Arthapath.com
१० चैत्र २०७६, सोमबार

विदेशी नागरिक लैजान आज चार अन्तराष्ट्रिय हवाई उडान



काठमाडौं । विश्वभरि कोरोना भाईरसको संक्रमण दर बृद्धि भईरहेका वेला अन्तराष्ट्रिय उडान भने सुचारु नै रहेका छन । नेपालमा रहेका विदेशी नागरिकलाई लैजानको लागि सोमवार चारवटा अन्तराष्ट्रिय हवाई उडान हुने भएको छ ।

सरकारले भारत र चिन दुवै देशका सीमा नाका पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । तर विदेशी नागरिक नेपालमा रहेकाले उनीहरुलाई लैजानको लागि मात्र उडान भर्नको लागि नै सरकारले छुट दिएको बताइएको छ ।

सोमवार पहिलो उडान कतार एरलाइन्सको रहेको छ । विमानस्थल स्रोतका अनुसार कतार एयरवेजका २ वटा, सिल्क एयरलाइन्सको एउटा र इत्तेहाद एयरलाइन्सको एउटा उडान हुन लागेका छन ।


प्रतिक्रिया दिनुहोस्