नेपालगञ्ज नाकामा भारतबाट फर्केका नेपालीको बिजाेग, त्रिपालमुनि बित्यो रात « Arthapath.com
१३ चैत्र २०७६, बिहीबार

नेपालगञ्ज नाकामा भारतबाट फर्केका नेपालीको बिजाेग, त्रिपालमुनि बित्यो रात



नेपालगञ्ज । भारतका विभिन्न ठाउँबाट आएका १६ जना नेपालीले नेपालगञ्ज नाकामा रात बिताएका छन्।

गुजरात लगायतका ठाउँबाट घर फर्किएका उनीहरु ‘लक डाउन’का कारण नाकामा रोकिएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य जाँच गर्न बनाएको पालमुनी उनीहरुले रात बिताएका थिए।

दुई बच्चा, दुई महिलासहित १६ जना बुधबार साँझ नाकामा आइपुगेका थिए।

नाकामा थन्किएका उनीहरुलाई प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ले स्थापना गरेको ‘कोभिड–१९ रिलिफ फण्ड’ले खाना खुवाएको थियो। नेपालगञ्ज उद्योग वाणिज्य संघका सदस्य एवं जुमा स्पोर्टस क्लवका अध्यक्ष भीम रानाभाट खाना लिएर नाकामा पुगेका थिए।

उनीहरु अहिले पनि नाकामै छन्। प्रशासनले उनीहरुलाई कसरी घरतर्फ पठाउने भन्ने विषयमा छलफल गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

कामका लागि भारत पुगेका नेपालीहरु फिर्ता भइरहेका छन्। नाकामा आइपुगेकालाई स्थानीय प्रशासनले सवारी साधनको व्यवस्थापन गरेर सम्बन्धित जिल्लातिर पठाइरहेको छ।देशसन्चार


प्रतिक्रिया दिनुहोस्