बेंसीसहरले अतिआवश्यक सामान घरघरमा पुर्याउने « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

बेंसीसहरले अतिआवश्यक सामान घरघरमा पुर्याउने



facebook sharing button
twitter sharing button
messenger sharing button
wechat sharing button
whatsapp sharing button
sharethis sharing button

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिकाले नागरिकलाई अतिआवश्यक सामान आवश्यक परेमा घरघरमा पु¥याउने भएको छ ।

नगरपालिकाले अति आवश्यक सामाग्री आपूर्तिमा समस्या परेमा घरद्धरमा पु¥याउने निर्णय गरेको छ । नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले नगरपालिकाको ट्याक्टरमार्फत निःशुल्क रुपमा घरघरमा पु¥याउने निर्णय गरेको हो । नगरपालिका प्रमुख गुमानसिंह अर्यालले लक डाउनलाई पूर्ण रुपमा पालना गर्न नगरबासीलाई अनुरोध गर्नुभएको छ । सामान ढुवानीमा समस्या परे नगरपालिकामा खबर गर्न आग्रह गर्नुभएको छ । ‘अहिले लकडाउनको अवस्था छ ।

नागरिकलाई अतिआवश्यक सामान चाहिन सक्छ । ढुवानीमा समस्या हुन सक्छ’ उहाँले भन्नुभयो, ‘यो समस्यालाई मध्यनजर गरेर घरघरमा लैजाने व्यवस्था गरेका छौं । ढुवानीमा समस्या परे हामी सहयोग गर्नेछौं । लकडाउनलाई भने पालना गर्नुहोला ।’ नगरपालिकाले लक डाउनको पालना गराउन सम्बन्धित सरोकारवाला निकायलाई समेत अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

यस्तै, नगरपालिका भित्र दैनिक रुपमा मजदुरी र ज्यालादारी गरी बस्ने परिवारका लागि पनि सहयोग गर्ने भएको छ । लक डाउनले गर्दा दैनिक गुजारा चलाउन समस्या भएमा नगरपालिकाले खाद्य सामाग्री सहयोग गर्ने भएको छ । दैनिक रुपपमा मजदुरी र ज्यालादारी गर्ने परिवार लकडाउनका कारण समस्यामा पर्ने भन्दै खाद्य सामाग्री सहयोग गर्ने निर्णय गरेको प्रमुख अर्यालले बताउनुभयो ।

उपप्रमुख लक्ष्मीदेवी अधिकारीले समस्यामा परेका यस्ता परिवारलाई ३० किलो बराबार एकबोरा चामल, १ लिटर तेल, चना, दाल र नुन १÷१ किलो उपलब्ल गराउने निर्णय गरेको बताउनुभयो । लक डाउनले काममा निश्कन नसकेका मजदुरका परिवार भोकै बस्न नपरोस भनेर थोरै भएपनि अति आबश्यक खाद्य सामाग्री सहयोग गर्ने निर्णय गरेको प्रमुख अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो–‘दैनिक मजदुरी गरेर खानेहरु नगरभित्र धेरै छन् । लकडाउनका कारण उनीहरुलाई दैनिक गुजारा गर्न समस्या हुन्छ । हामीले त्यस्ता मजदुर भेटेमा सहयोग गर्ने भनेका छौं ।’ गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्