राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण



काठमाडौं । चीनको वुहानबाट उद्धार गरी भक्तपुरको क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । जब स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर सुने, क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुसी साटेका थिए ।

क्वारेन्टाइनबाट छुटेकाहरु सबैलाई पाँचवटा बसले घर नजिकै छाड्ने व्यवस्था मिलाइएको छ । तर सरकारले क्वारेन्टाइनमै बस्न चाहनेहरुका लागि भने फेरि बस्न मिल्ने व्यवस्था गरेको छ । क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य निगरानीमा खटिएका डा गौरब पोखरेलले चीनबाट असुरक्षित महसुश भए पनि नेपाल सरकारले राम्रो व्यवस्था गरेकाले सुरक्षित महसुश भएको प्रतिक्रिया दिएका थिए । साथै यहाँको अनुभवले अन्य क्षेत्रमा खटाए पनि काम गर्न सहज हुने उनको भनाइ थियो ।

सरकारले कोरोना अति प्रभावित क्षेत्र चीनको वुहानबाट १७५ जना विद्यार्थीलाई गत फागुन ४ गते उद्धार गरी ल्याएको थियो। वुहान गएको चालक दलका १८ जना हिजो नै घर गइसकेका छन्। चीनबाट उद्धार गरी ल्याइएका विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटी र चालक दलका सदस्यहरूलाई नगरकोटमा गरी छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो।

नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५ औँ दिनमा घर फर्काइएको हो । उनीहरुलाई नेपाल वायु सेवा निगमका कर्मचारीसमेत लिन आएका थिए ।

यता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको भने अझै रिपोर्ट आएको छैन । शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको छ । उनीहरुको रिपोर्ट सोमबारसम्म आउनसक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्