रामेछापमा भ्यान दुर्घटना २ जनाको मृत्यु, २८ घाईते « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

रामेछापमा भ्यान दुर्घटना २ जनाको मृत्यु, २८ घाईते



काठमाडौं । विश्वव्यापी रुपमा महामारी फैलिरहेका वेला नेपालमा लकडाउन जारी रहेको छ । यो लक डाउन २५ गतेसम्म रहने छ । र आवश्यक परेमा अझै थप गर्न सक्ने भएको छ ।

तर यहि लकडाउनको समयमा रामेछापमा भ्यान दुर्घटना भएको छ । जिल्लाको राकाथुमस्थित माझी गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन ।

सरकारले २५ जनाभन्दा बढि भिड नहुने भनेको थियो तर यस भ्यानमा उक्त नियम पनि उल्लङ्घन गरेर भ्यान सञ्चालन भईरहेको छ । उक्त भ्यान भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै थियो । बा १४ च ९४९८ पिकअप बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दोरम्बा गाउँपालिका २ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ । घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रहरीका अनुसार धुलिखेल अस्पतालमा १ जना महिला र बनेपाको अस्पतालमा १ जना पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएका दुई जना घर गएका छन्। बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्