४ रेक्टर स्केलको भूकम्प, केन्द्रविन्दु बझाङ्गको केदारस्यूँ « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

४ रेक्टर स्केलको भूकम्प, केन्द्रविन्दु बझाङ्गको केदारस्यूँ



काठमाडौं । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भुकम्प गएको छ । बिहीवार राती ८ बजेर ५५ मिनेटमा भूकम्प गएको हो ।

बझाङ केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । केदारस्यूँ गाउपालीका अन्तर्गत भामचौर आसपास भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्प जाँदा स्थानीय बासिन्दा घरबाहिर निस्केका थिए भने केहि ब्यक्तिहरुमा त्रास छाएको थियो तर यो सामान्य धक्का मात्र भएको जनाएको छ । बैतडी, दार्चुला, बझाङ र डडेल्धुरालगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

https://artha.appharu.com/bisheshnews/2020/04/02/5381/


प्रतिक्रिया दिनुहोस्