विरामी भनेर यात्रु बोक्ने ३ वटा एम्बुलेन्स नियन्त्रणमा « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

विरामी भनेर यात्रु बोक्ने ३ वटा एम्बुलेन्स नियन्त्रणमा



काठमाडौं । सरकारले लकडाउन जारी राखेको समयमा रौतहटमा एमवुलेन्सले यात्रु बाक्ने गरेको पाइएको छ । अत्यावश्यक बाहेक अन्यकामका लागि सरकारले नागरीकहरुलाई घरमै बस्न आग्रह गरे छ तर रौतहटमा यात्रु बोक्ने ३ वटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले यात्रु बोक्ने एम्बुलेन्सहरुलाई कारवाही गरेपछि दुई वटा निजी संस्था र एउटा रेडक्रस सोसाइटीको पत्ता लागेको हो । पूर्वपश्चिम राजममार्गबा यात्रुलाई बोकिरहेको अवस्थामा चालक र एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

काठमाडौंबाट हरिवन आउँदै गरेको ज १ च १३४४ नम्बरको एम्बुलेन्स सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ घर भएका चालक कृष्ण लामाले काठमाडौंबाट १२ हजारमा रिजर्भ गरी ६ जना यात्रु बोकेका थिए।

यसैगरी, सर्लाहीको बरथहवाबाट यात्रु बोकेर वीरगञ्ज हिँडेको ना १ च ९१९६ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, यात्रु बोकेर सर्लाहीको नवलपुरबाट वीरगञ्ज जाँदै गरेको ना २ च ९९७७ नम्बरको एम्बुलेन्स र चालक राजमहम्मद मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त एम्बुलेनसले यात्रुलाई विरामी बनाएर सधै ल्याउने गरेकाले चेकिङमा कडाई गरेपछि यस्तो भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्