अनाश्यक भिड बढेकाले खाद्यान्न र तरकारी पसल खोल्ने समय तोकियो « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

अनाश्यक भिड बढेकाले खाद्यान्न र तरकारी पसल खोल्ने समय तोकियो



काठमाडौं । सरकारले लकडाउनलाई थप कडा गने भएको छ । कोरोना संक्रमीत विरामी बृद्धि हुँदै गएपछि सरकारले कडा गर्ने भएको हो । तर लकडाउनलाई उल्लङघन गर्ने धेरै भएपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आइतबारदेखि लकडाउनलाई थप कडाई गरेको छ ।

चौबिसै घण्टा खाद्यन्न र तरकारी पसल खोलन दिएकाले मानिसहरुको भिड धेरै भएको भन्दै कडाई गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । भारतसंग सीमा जोडिएकाले कोरोना संक्रमणको उच्च जोखी रहेको भन्दै सुरक्षा समितिले आवतजावत र पसल खोल्ने समयमा थप कडाई गरिएको उपरीक्षक आचार्य बताउँछन ।

यस्तो समस्या आउने भएकाले समय निर्धाण गरिएको हो । पहिलो चरणमा परासी सदरमुकाम क्षेत्रका खाद्यन्न र तरकारी पसल खोल्ने समय दिउँसो ११ बजेदेखि २ बजेसम्म तोकिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । औषधि पसलहरु भने चौबिसै घण्टा खुल्ने छन् ।


प्रतिक्रिया दिनुहोस्