लकडाउनले विद्यार्थी भर्ना प्रभावित « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

लकडाउनले विद्यार्थी भर्ना प्रभावित



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ ।

विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको थियो । यस पटक वैशाख २ देखि १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने सरकारी योजना थियो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अनुसार कोरोना भाईरसका कारण यस वर्षको विद्यार्थी भर्ना अभियान प्रभावित हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्