राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारीमा श्रेष्ठ दोहोरिए « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारीमा श्रेष्ठ दोहोरिए



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठलाई निरन्तरता दिने भएको छ ।सरकारको पूर्ण स्वामीत्वमा रहेको बाणिज्य बैंकको सीइओमा उनलाई निरन्तर दिने निर्णय भएको हो । उनी आगामी चार बर्षका लागि फेरि कार्यकारी अधिकृत बनेका हुन ।

उनले बाणिज्य बैंकको कार्यकारी अधिकृतको रुपमा आईसकेपछि बैंकले छलाङ मारेको थियो । यतिवेला मुलुक कोरोना संक्रमणको त्रासमा रहेका वेला बैंकको खराव ऋण उठाउन सफल भएका थिए । उनी बैंकको सीईओमा आएपछि सरकारलाई बढि लाभांश दिएका थिए ।

उनको घर संखुवासभाको सदरमुकाम चैनपुर हो । उनको जन्म वि.स.२०१३ सालमा भएको थियो । बाणिज्य बैंकको कार्यकारी अधिकृतको रुपमा आउनुभन्दा पहिला नेपालको पहिलो बैंक नेपाल बैंकमा महाप्रवन्धक भएर जिम्मेवारी बहन गरिसकेका थिए ।


प्रतिक्रिया दिनुहोस्