पूर्वमन्त्री बाँस्कोटाद्वारा पीपीइसहित स्वास्थ्य सामग्री वितरण « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

पूर्वमन्त्री बाँस्कोटाद्वारा पीपीइसहित स्वास्थ्य सामग्री वितरण



काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् ।

बाँस्कोटाले १३ स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि हाल ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । उनले १९५ पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), २५० मिलीटिलरको २२९ स्यानिटाइजर तथा चार हजार सर्जिकल मास्क उपलब्ध गराएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य जेनिस लामाले जानकारी दिए । उनका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा पीपीइको निकै अभाव थियो ।

बाँस्कोटाले यसअघि छ स्थानीय तहका लागि ९८० स्यानिटाइजर र ८५० सर्जिकल मास्क उपलब्ध गराएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्