कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २ हजार बढि « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २ हजार बढि



काठमाडौं । विश्वमा एक लाख बढीको मृत्यु भएको छ । कोरोना भाईरसको सक्रमणबाट १ लाख २ हजार ७ सय ३४ जनाको मृत्यु भएको हो । कोरोना संक्रमित करिव १७ लाख पुगेको छ । समाचार तयार पारिसक्दासम्म १६ लाख ९९ हजार ६ सय ३२ जना कोरोना संक्रमित पुगेका छन ।

कोरोना भाईरस सक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा रहेका छन । । त्यहाँ संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । त्यहाँ १८ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।

१७ लाख कोरोनाबाट संक्रमित भएकामा तीन लाख ७६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार ८ सयभन्दा धेरै छन् भने स्पेनमा १६ हजार नाघेको छ ।

स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५८ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४७ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १३ हजार १ सय नाघेको छ । बेलायतमा करिब ९ हजारको मृत्यु भएको छ ।

इरानमा मृतकको संख्या ४२ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३६ मा रोकिएको छ ।

जर्मनीमा मृत्यु हुनेको संख्या २७ सय नाघ्दा बेल्जियममा ३ हजार नाघेको छ भने नेदरल्याण्डस्मा २५ सय नाघेको छ ।

https://www.worldometers.info/coronavirus/


प्रतिक्रिया दिनुहोस्