रातीको समयमा महाकाली तरेर नेपाल प्रवेश गर्दै

काठमाडौं । सरकारले लकडाउन जारी राखेपछि भारतबाट नेपाल आउने नेपाली समिामा अलपत्र परेका छन । आवत जावतमा पनि बन्द भएपछि भारतमा क्वारेन्टाईनमा रहेका नेपाली धमाधम नदि पार गर्दै नेपाल प्रवेश गरिरहेका छन । शनिवारका लकडाउनको २० दिन हो ।
२५ गते राति २ बजेतिर १४ जनाको समूह महाकाली नदी तरेर नेपाल प्रवेश गरेको पाइएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष्य नरेन्द्र धामीले महाकाली नदि पौडेर नेपाल प्रवेश गरेको बताएका छन ।
तर उनीहरुलाई नेपालमा रहेका क्वारेन्टाईनमा राखिएको उनले बताए । नदि पौडेर आउनेमा बैतडी र बझाङका रहेका छन । नेपाल आउनेमा भारतिय क्वारेन्टाईमा खान बस्नको राम्रो व्यवस्था नभएकाले नदि तरेर आएको प्रतिक्रिया दिएका छन ।