प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरे « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरे



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका छन् । सिंहदरबारबाट कोविड १९ को रोकथामका प्रयासबारे मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरु, प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, प्रदेश ३ का डोरमणि पौडेल, प्रदेश ४ का पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोखरेल, प्रदेश ६ का महेन्द्र शाही र प्रदेश ७ का त्रिलोचन भट्ट सहभागी थिए ।

प्रधानमन्त्री ओलीले प्रभावित समुदाय र क्षेत्रमा राहत प्याकेज वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्