पेप्सिकोलामा आरडीटी टेष्ट गर्दा ३ जनामा कोरोना पोजिटिभ
काठमाडौं । पेप्सीकोला टाउन प्लानिङस्थितमा तीन जनामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आरडीटी टेष्टमा पोजिटिभ आएका तीन जनालाई पाटन अस्पतालमा लगिएको र पिसिर जाँचका लागि प्रक्रिया अघि बढाइएको जानकारी पाएको बताए।
पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले पनि आरडीटीमा पोजेटिभ देखिए पछि आईसोलेसनमा राखेको र पीसीआरका लागि पैक्रिया अघि बढाएको बताए।