कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा मन्त्री ढकालको नयाँ रणनीति सार्वजनिक « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा मन्त्री ढकालको नयाँ रणनीति सार्वजनिक



काठमाडौँ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको जोखीम बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘सिक्स टी’ रणनीति ल्याएका छन ।

मन्त्री ढकालले नयाँ वर्षको उपलक्ष्यमा सोमबार शुभकामना दिँदै मन्त्री ढकालले कोरोना विरुद्ध ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति सार्वजनिक गरेका हुन । उनले भने “विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरूको ट्राभल हिस्ट्रीसहित अनिवार्य क्वारेन्टाइनमा राख्ने, उनीहरूको नमुना परीक्षण गर्ने, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षणको दायरामा ल्याइने छ ।”

त्यस्तै सम्भावित सङ्क्रमित आवतजावत भएको स्थानको यकिन गरी आइसोलेसनमा राख्ने र अनुगमन गरिने, सङ्क्रमितको उपचार गर्ने र कोरोना सङ्क्रमणको सम्भावित महामारी रोक्न सबै क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्ने रणनीति रहेको मन्त्री ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस्