लकडाउनमा पनि शल्यक्रिया जारी « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

लकडाउनमा पनि शल्यक्रिया जारी



काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपनि सरकारी अस्पतालहरुले भने आवश्यक पर्ने सेवाहरु प्रदान गरिरहेका छन । त्यस्तै सरकारी मध्येको राष्ट्रिय ट्रमा सेण्टरले हालपनि अत्यावश्यक शल्यक्रिया गर्दै आएको छ । केहि समय ढिलोगरी शल्यक्रिया गर्न मिल्ने विरामीको पनि शल्यक्रिया भईरहेको राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले जानकारी दिए । उनले भने “जोर्नी, नशा च्यापिएका, ट्युमरलगायत बाहेक ‘इमर्जेन्सी’ सेवासमेत चालू छ । बहिरङ्ग सेवा चाहिँ बन्द रहेको छ । भीरबाट खसेर घाइते भएकाहरू इमर्जेन्सीमा दैनिकजसो आउने गरेका छन् । विगतको तुलनामा ८० प्रतिशत बिरामी इमर्जेन्सीमा आउने गरेका छन् ।”

राष्ट्रिय ट्रमा सेन्टरमा दुई सय बेड रहेकोमा करिव ९१ बिरामी उपचाररत रहेका छन । जसमा ३० वटा इमर्जेन्सी, ९ वटा पोस्ट अपरेटिभ वार्ड रहेको छ । अहिले पनि दैनिक ३० वटा बेडमा इमर्जेन्सीका बिरामी आउने गरेको डा. पौडेलले बताए । दैनिक चार सयले सेवा लिँदै आएको बहिरङ्ग सेवा अहिले बन्द अवस्थामा छ । ११ वटा आईसीयू कक्ष रहेका छन् । आवश्यक परेमा ‘हाई डिपेन्डेन्सी’ आठवटा वार्डलाई आईसीयूमा बदल्न सकिने डा. पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्