लकडाउन थप्ने सरकारको तयारी, मंगलवार मन्त्रीपरिषदको बैठक बस्दै « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

लकडाउन थप्ने सरकारको तयारी, मंगलवार मन्त्रीपरिषदको बैठक बस्दै



काठमाडौँ । कोरोना विरुद्ध सरकारले जारी गरेको लकडाउन थप्ने तयारीमा सरकारले मंगलवार मन्त्रीपरिष्दको बैठक बस्दै छ । चैत ११ गतेदेखीको लकडाउन थप्दै सरकारले बैशाख तीन गतेसम्म घोषणा गरेको थियो । प्रधानमन्त्रीले सम्वोधन गर्दै अझै केहि हप्ता घरमा बस्न आग्रह गरेका थिए । जुन लकडाउन अझै लम्वीने संकेत गरिएको थियो ।

मंगलवारको मन्त्रीपरिषदको बैठकले कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी गरेको र निर्ण बैठकपश्चात मात्रै निश्चित हुने छ । मन्त्रीपरिषदको बैठक मंगलबार बिहान ११ बजेपछि बस्ने छ । तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ । त्यसले सरकारले मंगलबार नै कम्तिमा थप एक हप्ता लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय गर्न लागेको हो ।

नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एकजनामा संक्रमण निको भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्