मंगलवार बसेको मन्त्रीपरिष्दको बैठकमा यस्तो देखियो.. « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

मंगलवार बसेको मन्त्रीपरिष्दको बैठकमा यस्तो देखियो..



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टादेखि मन्त्रिपरिषद्को बैठक चलिरहेको छ। कोभिड–१९ को संक्रमण, रोकथाम र लकडाउनको विषयमा निर्णय गर्न बसेको बैठक लम्बिएको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओली मास्क र पञ्जासहित उपस्थित भएका हुन। यसअघिका बैठकमा अन्य मन्त्रीले मास्क लगाए पनि प्रधानमन्त्री पहिलो पटक बैठकमा मास्क र पञ्जासहित उपस्थित भएका हुन्।

मंगलबार बिहान ११ः३० मा सुरु भएको बैठक अहिलेसम्म जारी छ। बैठकको प्रमुख एजेन्डा लकडाउनको समय थप गर्ने रहेको छ।


प्रतिक्रिया दिनुहोस्