सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा



काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । सङ्क्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले ५२ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । कोरोना पुष्टि भएकी ती महिलासँगै वीरगञ्जबाट २६ जना कैलाली आएको उहाँको भनाइ छ । सङ्क्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि खोजी भर्ईरहेको प्रहरीको भनाइ छ ।

सङ्क्रमित महिलासँग दाङ, सुर्खेत, अर्घाखाँची, दैलेखका गरी ८ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखिने प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । वीरगञ्जबाट कैलाली पुगेका २६ मध्ये २१ जना सङ्क्रमित महिलाको आफन्त रहेका छन ।


प्रतिक्रिया दिनुहोस्