धादिङमा एक जनामा र्यापिड टेस्ट गर्दा देखायो कोरोना पोजेटिभ

काठमाडौं । धादिङमा एक जना युवामा कोरोनाको लक्षण देखा परेको छ । धादिङको ज्वालामुखी गाउँपालिकामा र्यापिड डाइग्नोस्टक परीक्षण (आरडीटी) गर्दा २७ वर्षीय एक युवामा पोजेटिभ देखिएको हो ।
दक्षिण कोरियाबाट आएका ती युवालाई क्वारेन्टाइनमा राखिएको थियो । उनको मंगलबार आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना पोेजेटिभ देखिएका ती युवालाई आज नै काठमाडौ पठाउने तयारी गरिएको जनाइएको छ ।