बायु सेवा निगमको जिम्मा घिमिरेलाई

काठमाडौं । नेपाल बायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरिएको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल बायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरेलाई नियुक्त गर्ने निर्णय भएको बताईएको छ । घिमिरे अर्काे व्यवस्था नभएसम्मको लागि अध्यक्षमा नियुक्त गरिएको हो ।
लामो समयदेखी ऐनमा विवाद भएपनि मंगलवारको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल वायुसेवा निगम ऐन २०१९ ले सरकारलाई कार्यकारी प्रमुखकका रूपमा महाप्रबन्धक वा अध्यक्ष जोकोहीलाई तोक्नसक्ने असाधारण अधिकार दिएको छ ।