निजी अस्पतालबाट पनि परीक्षण गरिने, लकडाउन कडा बनाउने « Arthapath.com
३ बैशाख २०७७, बुधबार

निजी अस्पतालबाट पनि परीक्षण गरिने, लकडाउन कडा बनाउने



काठमाडौँ। सरकारले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमित संख्या बढ्दैगएपछि बढीभन्दा बढी परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले परीक्षण, पहिचान र उपचारमा प्रभावकारिता ल्याउने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको बैठकले बन्दाबन्दीलाई अझ कडाई गर्ने र निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कानुनी कारवाही समेत गर्ने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको बैठकपछि सदस्य सचिव नारायण विडारीले भन्नुभयो, “सङक्रमणको अवस्था जोखिमयुक्त हुँदैगएकाले बढीभन्दा बढी परीक्षणमा जोड दिने नीति लिइएको छ ।” उहाँका अनुसार, कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिम स्थानमा निजी क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मीको सहयोगमा समेत परीक्षणलाई तीब्रता दिइने छ । उहाँले भन्नुभयो, “कोभिड–१९ सङ्क्रमणको प्रभावकारी नियन्त्रणका लागि परीक्षण, पहिचान र उपचारमा जोडदिइनेछ ।” उहाँले दैनिक उपभोग्य वस्तुको आयात सहज बनाउँदै सुरक्षा व्यवस्थालाई कडाई गरिने बताउनुभयो । लकडाउनको पूर्ण पालनाका लागि व्यक्तिको आवत जावतसमेत कडाई गर्दै निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुनी कारवाही समेत गरिने भएको छ ।

उहाँले भन्नुभयो, “आपूर्तिलाई सहज र सुरक्षालाई कडाइ गरिने छ । समन्वयात्मक रुपमा आयात आवागमनमा अवरोध नहुनेगरी भन्सार नाका सहज र सुरक्षित गराइने छ ।” सरकारले संयुक्त राष्ट्रसंघ अन्र्तगत अफगानिस्तानमा कार्यरत नेपाली नागरिकलाई उपयुक्त पद्दतिबाट संघकै समन्वयमा ल्याउने निर्णय गरेको छ । संयुक्त राष्ट्र संघकै अनुरोधमा नेपाली नागरिकलाई सरकारले ल्याउन लागेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव विडारीले सरकारले खरिद गर्ने स्वास्थ्य सामग्री, औषधि र उपकरण चीनबाट ल्याउने विषयमा मङ्गलबारै टुङ्गो लाग्ने जानकारी दिनुभयो । निजी क्षेत्रबाट आयात गर्ने कुरामा सहजिकरण गर्ने, सरकारमार्फत् खरिद गर्नेलार्इ पनि जारी राख्ने । परराष्ट्रबाट चीनको सप्लाई गर्ने निकायसँग सम्पर्क भइसकेको छ । आजै फाइनल हुन्छ । तीनचरणको भिडियो कन्फरेन्सपछि परराष्ट्रको संयोजनमा स्वास्थ्य मन्त्रालयले सामग्री खरिदको टुङ्गो लगाएको हो ।

उहाँले तीन चरणको भिडियो कन्फरेन्समार्फत् परराष्ट्र मन्त्रालयको संयोजनमा स्वास्थ्य मन्त्रालयको समुह बसेर ल्याइने औषधि, स्वास्थ्य सामग्री र उपकरणको सूचिसहित मूल्यको विषयमा टुङ्गो लागिसकेको स्पष्ट पार्नुभयो । यस्तै, वीरगञ्जको उपक्षेत्रीय नारायणी अस्पतालमा रियल टाइम पोलिमरेज चेन रियाक्सन ९आरटी–पीसीआर० प्रविधिबाट स्वाब परीक्षणका लागि तत्कालै मेशिन पठाइने भएको छ ।

सरकारले यसअघि नै वीरगञ्जको सो अस्पताललाई ‘डेडिकेटेड’ उपचार केन्द्रको रुपमा विकास गर्ने निर्णय गरिसकेको छ । यस्तै, सरकारले आन्तरिक उडानमा लगाउँदै आएको रोकलाई बैशाख १८ गतेसम्म निरन्तरता दिनेभएको छ । अन्तर्राष्ट्रिय उडानमा यसअघि नै बैशाख १८ गतेसम्मका लागि सरकारले रोक लगाइसकेको छ । बैठकले राहत पाउने सूचिमा सूचिकृतहरुलाई स्थानीय तहले दैनिक उपभोग्य वस्तुको राहत प्याकेज नै उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्