कुमारी बैंकका डेपुटी सीइओसहित दुई दर्जन कर्मचारीले किन जागिर छाडे ? « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

कुमारी बैंकका डेपुटी सीइओसहित दुई दर्जन कर्मचारीले किन जागिर छाडे ?



काठमाडौं । लामो समयदेखी कर्मचारी व्यवस्थापन गर्न नसकेको कुमारी बैंकका दुई दर्जन बढि कर्मचारीहरुले छाडेका छन । केहि महिना पहिले देव विकास बैंकलाई मर्जर गर्ने सम्झौता गरेको कुमारी बैंकका कर्मचारीले जागिर छोडेका हुन । तर जागिर छोड्ने कर्मचारीहरुले भने स्वेच्छाले जागिर छोडेको बताएका छन ।

जागिर छोड्ने कर्मचारीहरुमा बैंकका डेपुटी सीइओ राजीव गिरी र उमेशसिंह भण्डारी सहित २८ जना उच्चपद सम्हालेका रहेको छन । उनीहरुले बैशाख १ देखि लागू हुनेगरि जागिर छाडेको बताईएको छ ।

जागिर छाड्ने कर्मचारीहरु डेपुटी सीइओ राजीव गिरी र उमेशसिंह भण्डारी,कम्पनी सचिव नरेन्द्र छतकुली,मुख्य प्रबन्धक राजेश श्रेष्ठ, डिपोजिट हेड रेना रिजाल, कर्पाेरेट कम्युनिकेशन हेड सिपा रेग्मी लगायतका व्यक्तिहरु रहेका छन ।

उनीहरुले दुई बर्षको तलबवापतको भीआरएस स्वेच्छिक प्याकेज पनि लिएको जनाएको छ ।

बैंकमा दुई बर्षसम्म कामू सीइओको रुपमा बैंक चलाएका राजीब गिरिलाई कार्यकारी सीईओ नदिएपछि असन्तुष्टि पोख्दै छाडेको बुझिएको हो । गिरिलाई सीईओ नदिएर सिद्धार्थ बैंकमा कार्यरत सुरेन्द्र भण्डारीलाई सीईओ बनाएर ल्याएपछि असन्तुष्टि पोख्दै जागिर छाडेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्