प्रभु बैंकका सिईओ शेरचनद्धारा कोरोनाविरुद्ध १ लाख रुपैयाँ सहयोग « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

प्रभु बैंकका सिईओ शेरचनद्धारा कोरोनाविरुद्ध १ लाख रुपैयाँ सहयोग



काठमाडौं । कोरोना भाईरस विरुद्ध प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले एक लाख आर्थिक सहयोग गरेका छन । उनले बागलुङको काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा सहयोग गरेका हुन ।

कोरोना भाईर विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिद, विपन्न परिवारहरुलाई राहत वितरण गर्नको लागि गाउँपालिकाले स्थापना गरेको उक्त कोषमा बैंकका सिईओ शेरचनले १ लाख रुपैयाँ सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्माले जानकारी दिए । गाउँपालिकाले १० लाखबाट शुरु गरेको उक्त कोषमा हालसम्म २५ लाख बढि रकम संकलन भइसकेको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्