बाग्मति प्रदेशका नेकपा मुख्य सचेतक पाण्डेद्धारा निर्वाचन क्षेत्रको विपत तयारीबारे निरिक्षण « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

बाग्मति प्रदेशका नेकपा मुख्य सचेतक पाण्डेद्धारा निर्वाचन क्षेत्रको विपत तयारीबारे निरिक्षण



काठमाडौं । बाग्मति प्रदेशका नेकपा मुख्य सचेतक केशबराज पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा अनुगमन गरेका छन् । वाकोट क्षेत्र नं.२ क बाट निर्वाचित पाण्डेले बेलकोटगडी नगरपालिक र विदुर नगरपालिकका आफ्नो निर्वाचन क्षेत्रमा पर्ने केही वडाको आज निरिक्षण गरेका हुन । कोरोना भाईरसका कारण पछिल्लो समय लकडाउन जारी गरेपछि विभिन्न समस्यामा परेकाहरुलाई राहत वितरणमा एकरुपता कायम भएको छ कि छैन भनेर उनले अनुगमन गरेको बताईएको छ । नु

उनले आफ्नो निर्बाचन क्षेत्र भित्रको दुईवटा नगरपालिका अन्तर्गत बिभिन्न वडाको क्वारेनटाईन निरिक्षण, बिभिन्न वडामा राहात बितरण निरिक्षण तथा अस्पतालहरुको तयारिको बारेमा निरिक्षण गरेको हुन । साथै उनले आवश्यक सुझाव सल्लाह समेत ग्रहण गरेका थिए भने सबै व्यवस्था राम्रोसंग मिलाउन निर्देशन समेत दिएका हुन ।

उनले आवश्यकिय बस्तुहरुको ब्यवस्थापन तथा प्रशासनिक सहयोगको सहजताको लागि परामर्श समेत दिएका थिए । उनले आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको पनि सह ितरिकाले ब्यवस्थापन गर्न निर्देशन दिए । उनले आफ्नो निर्वाचन क्षेत्रका जनताहरुलाई कोहि पनि भोकले नमर्ने र त्येसको लागि आबस्यक प्रबन्ध गरिएको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्