कोरोनाविरुद्ध प्राईम बैंक एग्रेसिप बन्दै, उपचार कोषमा जम्मा गर्यो १ करोड ७५ लाख « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

कोरोनाविरुद्ध प्राईम बैंक एग्रेसिप बन्दै, उपचार कोषमा जम्मा गर्यो १ करोड ७५ लाख



काठमाडौं । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध प्राईम कमर्सियल बैंकले सहयोग गर्दै आएको छ । नेपालमा पनि संक्रमण दर बढ्न नदिनको लागि बैंकले आर्थिक र लकडाउनको समयमा आर्थिक अवस्था नाजुक बनेका गरिव तथा विपन्न परिवारलाई राहत वितरण गर्दै आएको बैंकले शुक्रवार कोरोनाविरुद्ध एक रकोड ७५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

प्राइम कमर्सियल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाईस सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ७५ लाख आर्थिक सहयोग गरेको छ । शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयलाई उक्त रकम बवारबरको चेक सञ्चालक समितका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले हस्तान्तरण गरेका हुन ।

साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने लगायत विभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न पनि बितरण गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्