कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरका १२ र चितवनका २ थपिए « Artha Path
५ बैशाख २०७७, शुक्रबार

कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरका १२ र चितवनका २ थपिए



काठमाडौं। सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि गरेको छ । जसमा उदयपुरका १२ र चितवनका दुई जना छन्’ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा लुकेर बसेका १२ जनामा र चितवनमा आमा छोरामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

चितवनको राप्ती नगरपालिकाका आमा छोरामा आज विहान गरिएको ¥यापिड टेष्टमा संक्रमणको पुष्टि भएपछि आज साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर टेष्ट पोजिटिभ पाइएको हो


प्रतिक्रिया दिनुहोस्