१२ जना कोरोना भाईरस संक्रमित भेटिएपछि उक्त स्थान पुरै सिल गरियो « Arthapath.com
६ बैशाख २०७७, शनिबार

१२ जना कोरोना भाईरस संक्रमित भेटिएपछि उक्त स्थान पुरै सिल गरियो



काठमाडौं । एउटै स्थानमा १२ जना कोरोना भाईरस संक्रमित भेटिएपछि उक्त स्थान सिल गरिएको छ । भारतिय १२ जना मुस्लिममा कोरोना संक्रमित देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँ सिल गरेको हो । उक्त स्थान अहिले पुरा सिल गरिएको प्रदेश १ सरकारले जानकारी दिएको छ ।

भुल्केस्थित मस्जिद आसपासको क्षेत्रमा करीब ६०० को हाराहारीमा मुसलमान समुदायको बासोबास रहेको र विराटनगरबाट एक हजार र्यापिड टेस्ट किट सहितको टोली पठाउने तयारी गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्