कोरोना संक्रमित दोस्री युवती निको भएर टेकु अस्पतालबाट डिस्चार्ज « Arthapath.com
६ बैशाख २०७७, शनिबार

कोरोना संक्रमित दोस्री युवती निको भएर टेकु अस्पतालबाट डिस्चार्ज



काठमाडौं । कोरोना संक्रमण भए पछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिन पछि डिस्चार्ज हुनु भएको छ ।

काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उहाँलाई आज विदाई गरिएको टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता डा। अनुप बस्तोलाले बताउनुभयो ।

उहाँलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ । उहाँ कतार एयरको विभानमा फ्रान्सबाट दोहा हुँदै काठमाडौं आउनु भएको थियो । उहाँसगै यात्रा गर्ने भियतनामी साथिलार्इ संक्रमण भए पछि उहाँको स्वास्थ्य परीक्षण गर्दा उहाँमा पनि संक्रमण पाइए पछि अस्पताल भर्ना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्