राष्ट्रपति कार्यालयद्वारा साढे नौ करोड रुपैयाँ सरकारको खातामा जम्मा « Arthapath.com
६ बैशाख २०७७, शनिबार

राष्ट्रपति कार्यालयद्वारा साढे नौ करोड रुपैयाँ सरकारको खातामा जम्मा



काठमाण्डौ । राष्ट्रपति कार्यालयले साढे नौ करोड रुपैयाँ नेपाल सरकारको खातामा जम्मा गरेको छ । देशमा कोरोना भाइरसको कारण विषम परिस्थिति उत्पन्न भएको भन्दै राष्ट्रपति कार्यालयले आर्थिक वर्ष २०७६/७७ को विभिन्न शीर्षकको बजेट कटौती गरेर ९ करोड ५० लाख रुपैयाँ सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरिएको जनाएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी नसिकएसम्म आफूले पारिश्रमिक नलिने घोषणा गर्नुभएको थियो । कोरोना भाइरसको उपचारमा सहज होस् भन्दै सरकारले स्थापना गरेको कोषमा रकम जम्मा हुने क्रम बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्