विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ « Arthapath.com
६ बैशाख २०७७, शनिबार

विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ



काठमाडौं । विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ ।

गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० गर्दा नतिजा नेगेटिभ देखिएको हो ।

जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाद्वारा विदेशबाट आएकाको द्रुतगतिमा गरिएको कारोना भाइरस परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

चैत महिनायता घर फर्किएका २५१ जनाको गरिएको आरडिटीमा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनले भने, “विदेशबाट फर्कने सबैको परीक्षण सकियो, कुनै व्यक्तिमा पनि कारोना भाइरस सङ्क्रमण नभएको पुष्टि भएको छ ।”

डा झाका अनुसार विदेशबाट घर फर्किएकामध्ये आरडिटीमा दुई जनामा सङ्क्रमण शङ्का लागेकामा दोस्रो परीक्षण पोलिमरेज चेनज रियाक्सन ९पिसीआर० गर्दा नेगेटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता जिल्लामा ४५१ जना विदेशबाट घर फर्किएको छ । तीमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको पाइएको हो । हाल चैत महिनामा मात्रै घर फर्किएकाको आरडिटी गरिएको छ । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्तामा आरडिटीका लागि काभ्रेपलाञ्चोकमा ३०० किट उपलब्ध गराएको थियो ।

विदेशबाट फर्किएका आठलाई मण्डनदेउपुर नगरस्थित क्यारेन्टाइनमा राखिएकामा उनीहरूको क्वारेन्टाइन बसाइँ अवधि सकिएपछि स्वास्थ्य परीक्षण गरेर एकान्तवास ९होम क्वारेन्टाइन० पठाइएको थियो । अन्य स्थानीय तहमा विदेशबाट फर्किएकालाई स्थानीय तहका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको झाले बताए ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि यहाँका सबै स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेको थियो । सबै क्वारेन्टाइन कक्ष हाल रित्तिएको अवस्थामा छ ।

स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइनको व्यवस्थापन गरेका थिए । जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपाम १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थापन गरिएको थियो ।

धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएकोमा भारतपछि दुबइबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्