खाद्यान्न ढुवानी गर्ने भन्दै पास लिएको ट्रकले मदिरा बोक्दै « Arthapath.com
६ बैशाख २०७७, शनिबार

खाद्यान्न ढुवानी गर्ने भन्दै पास लिएको ट्रकले मदिरा बोक्दै



बैतडी । बैतडीमा लकडाउनका बेला खाद्यान्न ढुवानी गर्ने भन्दै पास लिएको ट्रकले मदिरा बोकेको पाइएको छ । वैशाख ४ गते धनगढीबाट मेलौली खाद्यान्न ढुवानीका लागि पास लिएको से १ छ १५४९ नम्बरको ट्रकमा मदिरा बोकेको पाइएपछि शनिबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

उनका अनुसार ट्रक चेकजाँच गर्दा मदिरा बरामद भेटिएको र ट्रकबाट विभिन्न ब्राण्डका ४३ पेटी मदिरा बरामद गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए । अहिले ट्रक साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्