कैलाली र कञ्चनपुरमा कोरोना उपचारका लागि ५०÷५० शैयाको अस्पताल निर्माण हुने « Arthapath.com
६ बैशाख २०७७, शनिबार

कैलाली र कञ्चनपुरमा कोरोना उपचारका लागि ५०÷५० शैयाको अस्पताल निर्माण हुने



कैलाली । कैलाली र कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि ५०÷५० शैयाको कोरोना अस्पतालको निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सरकारको घोषणा अनुसार धनगढीमा निर्माण सुरु भएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई ५०÷५० शैयाको अस्पताल निर्माणका लागि एक÷एक करोडको अख्तियारी दिएपछि धनगढीमा निर्माण सुरु भईसकेको छ भने महेन्द्रनगरमा प्रक्रियामा रहेको छ । सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले नै सञ्चालन गर्ने गरी दुवै ठाउँमा ५०÷५० शैयाको कोरोना संक्रमितको उपचारका लागि अस्पतालको निर्माण भईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता गर्दै काम सुरु गरिसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उद्योग बाणिज्य संघको छेउमै रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन भवन निर्माण सुरु भईसकेको उनले बताए ।

९४ लाखमा एक महिना भित्र काम सक्ने गरि किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिएको जनाईएको छ । उता महाकाली अस्पतालमा ९२ लाखमा डिपिन बिल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएको छ । तर निर्माण सम्झौता भने नभएको महाकाली अस्पताले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उहाँले महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्