गाउँघरमा पाइने तितेपातिबाट बन्याे सेनीटाइजर « Arthapath.com
८ बैशाख २०७७, सोमबार

गाउँघरमा पाइने तितेपातिबाट बन्याे सेनीटाइजर



भरतपुर। कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ । विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानिटाईजर उत्पादन गरि बजारमा ल्याएको हो ।

“हामीले तितेपातीकै ह्याण्ड स्यानिटाईजर उत्पादन गरेका छौ”, केन्द्रका निर्देशक डा। ईश्वरी प्रसाद कडरियाले भन्नुभयो । स्यानिटाईजरमा तितेपातीसगै ईथानल, ग्लिसिरल, हाईड्रोजन पेरो अकसाईड र निर्मलीकरण गरिएको पानीसग मिश्रण गरिएको छ । यसलाई विश्वबिद्यालयका जीव रसायनशास्त्री उपप्रध्यापक सरोज सापकोटाको नेतृत्वमा विज्ञ टोलीले उत्पादन गरेको हो । जीव रसायनशास्त्री सापकोटा अहिले विद्यावारिधी पनि गर्दै हुनुहुन्छ ।

“तितेपातीको तेल ० दशमलब १२ प्रतिशत, ईथानल ८० प्रतिशत, ग्लिसिरल १ दशमलब ५ प्रतिशत, हाईड्रोजन पेरो अकसाईड ० दशमलब १२५ प्रतिशलाई निर्मलीकरण गरिएको पानीसंग मिश्रण गरेर स्यानिटाईजर वनाएको छ” उहाँले भन्नुभयो । यसलाई दुईसय मिलिग्रामको वोतलमा राखेर वजारमा लगिएको छ । यो स्यानिटाईजर विशेष त कृषि कर्म गर्ने किशानहरुका लागि उपयोगी हुने वताइएको छ ।

विश्व विद्यालयले पहिलो चरणमा १ सय ८० लिटर सेनिटाईटर उत्पादन गरेको छ । यसलाई विस्तारै थप उत्पादन गर्दै लगिने वताइन्छ । अल्कोहल मिसिएको सेनिटाइजरको बजारमा प्रयाप्त नभेटिएका वेला तितोपातीको सेनीटाइजर प्रभावकारी हुने वताइएको छ । यो सुरक्षाका दृष्टिले पनि उत्तम रहेको बताइन्छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्