विदेशमा रहेका नेपालीलाई यथास्थानमा सुरक्षित रहन आग्रह « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

विदेशमा रहेका नेपालीलाई यथास्थानमा सुरक्षित रहन आग्रह



काठमाडौं । कामको शिलशिलामा विदेश गएका नेपाली श्रमिकलाई यथास्थानमान सुरक्षित रहन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । कोरोना भाईरसका कारण जनजीवन प्रभावित भएपनि मन्त्रालयले सुरक्षित रहन आग्रह गरेको हो । अन्य देशले बाहिर रहेका आफ्ना नागरिकलाई स्वदेश भित्र्याएपनि नेपालले भने यथास्थानमा नै रहन आग्रह गरेको हो । नेपाल लगायत थुप्रै देशले लकडाउन जारी गरेकाले यो अवस्था सुक्षित रहन अनुरोध गरेको हो ।

वैदेशिक रोजगारको सिलसिलामा विभिन्न गन्तव्य मुलुकमा रहेका नेपाली नागरिकमा अप्ठ्यारो पर्न गएकोप्रति मन्त्रालय गम्भीर भएको मन्त्रालयले बताएको छ । सरकारले विदेशमा रहेका नेपालीको आवश्यक सहयोग गर्न कुटनीतिक निकायबाट छलफल गरिसकेकोले चिन्ता नलिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीका अनुसार विभिन्न कारणवश गन्तव्य मुलुकमा बेखर्ची भई खानबस्नको समस्या, भिसा वा काम गर्ने सम्झौताको म्याद सकिएको अथवा तलबलगायतका अन्य विषयमा कुनै गुनासो वा समस्या भएमा सम्बन्धित नेपाली दूतावास, कूटनीतिक नियोग वा आधिकारिक निकायका प्रतिनिधिलाई सम्पर्क राखी आवश्यक सहयोग लिनसमेत आग्रह गर्नुभएको छ ।

सबैभन्दा बढी नेपाली रहेका देश खाडी र मलेसियामा कैयौँ नेपालीले सम्बन्धित देशमा विभिन्न समस्या भोग्नुपरेको गुनासो गरेका छन् । जति समस्या परे पनि यथास्थितिमा स्वदेश फर्कन नपाएका कारण कतिपय विदेशमा रहेका नेपालीलाई आफ्नै देश परदेशजस्तै लाग्न थालेको गुनासोसमेत गर्न थालेका छन् ।

खाडी मुलुकमा रहेका श्रमिक भिसा सकिएर नेपाल आउने तयारीमा रहेका र बिदासमेत लिएर नेपाल फर्किने तयारी गरिरहेकाहरू अहिले बढी समस्यामा रहेको गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०ले जनाएको छ । मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीले मन्त्रालयको कल सेन्टरमा फोन सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्