चट्याङ लागेर तीन जनाको मृत्यु, सात जना घाईते « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

चट्याङ लागेर तीन जनाको मृत्यु, सात जना घाईते



काठामाडौं । चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । सोमवार चट्याङ लागेर डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीकी २२ वर्षीया उजली बयाडीको मृत्यु भएको हो । उनी खेतमा गहुँ काटिरहको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै सोमवारसाँझ धादिङको थाक्रे गाउँपालिका ३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको हो भने ७ जना घाइते भएका छन् ।

उनीहरुको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो । घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याललाई उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले जानाकारी दिए । गम्भीर घाइते अर्का एक जनाको काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्