काठमाडौँमा कोरोना परीक्षण गराउने बढ्दै « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

काठमाडौँमा कोरोना परीक्षण गराउने बढ्दै



काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो ।

कामपामा गत बुधबारदेखि शुरु भएको ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० मा अहिलेसम्म ८०८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । कूल ३२ वडा रहेको कामपामा हालसम्मा २५ वटा वडाका शङ्कास्पद व्यक्तिको परीक्षण भएको छ । विदेशबाट फर्किएर यहाँ बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको पनि परीक्षण शुरु भएको छ ।

परीक्षणको क्रममा कोही छुटेका हुन सक्ने र त्यस्तो जानकारी भएमा सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खबर गर्न कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गर्नुभयो ।

कामपा शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार सोमबार मात्रै वडा नं। ६, ७, ८ र ९ का १६८ जनाको परीक्षण गरिएको र अब वडा नं. १, २ ३, ११, २८, २९ र ३० वडाको परीक्षण बाँकी छ ।

महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले गत फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३२१ जनाको विवरण सङ्कलन भएको बताउनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्