एकै दिन नौजनामा कोरोना पोजेटिभ, कोरोना संक्रमित ४० पुग्यो « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

एकै दिन नौजनामा कोरोना पोजेटिभ, कोरोना संक्रमित ४० पुग्यो



काठमाडौं । कोरोना भाईरसबाट संक्रमितको संख्या ४० पुगेको छ । मंगलवार नौ जनामा कोरोना भाईरस संक्रमण देखिएको हो । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १३ जना संगै रहेका ९ जनामा कोरोना भाईरस पुष्टि भएको हो । यो संगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या ४० पुगेको हो ।

उनीहरुको आरडिटीमा परिक्षण गर्दा पोजेटिभ देखिएपछि पुन परिक्षणको लागि ८ जनाको धरान र एकजनाको काठमाडौं ल्याईएको थियो । उनीहरुको. पुन परिक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

कोसी अस्पतालमा परिक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो । हाल उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्