४० जना संक्रमितहरु मध्ये २२ जना उदयपुरका, सेण्टर प्वाईन्ट बन्ने खतरा « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

४० जना संक्रमितहरु मध्ये २२ जना उदयपुरका, सेण्टर प्वाईन्ट बन्ने खतरा



काठमाडौं । कोरोना भाईरसबाट संक्रमितको संख्या ४० पुगेको छ । मंगलवार नौ जनामा कोरोना भाईरस संक्रमण देखिएको हो । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १३ जना संगै रहेका ९ जनामा कोरोना भाईरस पुष्टि भएको हो । यो संगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या ४० पुगेको हो ।

उनीहरुको आरडिटीमा परिक्षण गर्दा पोजेटिभ देखिएपछि पुन परिक्षणको लागि ८ जनाको धरान र एकजनाको काठमाडौं ल्याईएको थियो । उनीहरुको। पुन परिक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

कोसी अस्पतालमा परिक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो । हाल उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ ।

नेपालमा ४० जना कोरोना संक्रमितहरुमा २२ जना उदयपुर जिल्लाका रहेका छन । सुदूरपश्चिममा कोरोना संक्रमित ५ जना हुँदा सेण्टर पवाईण्ट बन्ने खतरा थियो भने अवको ईपिसेण्टर उदयपुर बन्ने देखिएको छ । सरकारले अहिले धार्मीक क्षेत्र पूण रुपमा बन्द गरेता पनि लुकीछिपी उनीहरुले धार्मीक गतिबिधि गर्दै आएकोले यस्तो परिणाम आएको उदयपुरका एक स्थानियले बताए ।

अवको कोरोना भाईरसको सेण्टर प्वाईट उदयपुर बनेको छ । उक्त स्थान पूर्ण रुपमा सिल गरेर स्वाव परिक्षण गरिहरको छ । सरकारले उदयपुरमा कडा निगरानी गर्नुपर्ने देखिएको छ । अहिले कोरोना भाईरस संक्रमितहरु मध्ये चार जना निको भएर घर गईसकेका छन् ।

https://artha.appharu.com/bisheshnews/2020/04/21/7507/


प्रतिक्रिया दिनुहोस्