लकडाउनमा महिलामाथि हुने हिंसा बढ्दै, ८३ वटा महिला हिंसाका घटना दर्ता « Artha Path
१० बैशाख २०७७, बुधबार

लकडाउनमा महिलामाथि हुने हिंसा बढ्दै, ८३ वटा महिला हिंसाका घटना दर्ता



काठमाडौं । लकडाउन’ को अवधिमा महिला पुनःस्थापना केन्द्र ९ओरेक० मा ८३ वटा घटना दर्ता भएका छन्। ओरेकले सञ्चालन गरिरहेको तीन हटलाइन र २८ जना मनोपरामर्शदातामार्फत यी घटना दर्ता हुन आएका हुन्।

महिला हिंसाका घटनामा ४६ वटा घरेलु हिंसा, नौ सामाजिक हिंसा, १४ बलात्कार र दुई बलात्कारको प्रयास रहेका छन्।

यो अवधिमा एउटा हत्या, एउटा हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको र दुई यौन दुर्व्यवहारका घटना, छ आत्महत्या र दुई हत्याको प्रयासका घटना रहेका छन् ।

सामान्य अवस्थामा जस्तै पीडक परिवारकै सदस्य बढी भएको पाइएको छ । हिंसा गर्ने व्यक्तिमा सबैभन्दा बढी ३७ जना श्रीमान् र १७ जना परिवारका सदस्य रहेको पाइएको छ।

त्यस्तै, १९ वटा घटनामा छिमेकी, दुई प्रेमी ठानिएका व्यक्ति, एउटा घटनामा साथी र एक घटनामा घरमालिक रहेको पाइएको छ । यीमध्ये छ घटनामा पीडकको पहिचान हुन बाँकी रहेको ओरेकले जनाएको छ।

बलात्कारका घटना भने १० वटा छिमकीबाट एक बुबाबाट, एउटा परिवारको सदस्यबाट, एक प्रेमी ठानिएका व्यक्तिबाट र एउटा पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ।

विश्वभरि फैलिएको यो महामारीको समयमा पनि महिला तथा बालिकामाथि हुने वा हुन सक्ने हिंसालाई उचित किसिमले सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको ओरेकले बताएको छ।

यस समयमा महिला र बालिकामा थप जोखिम देखिएको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए। महिलामाथि हुने हिंसा रोकथामका लागि केही स्थानीय तहले सुरक्षित आवास शुरु गरिसकेका छन्। अरु स्थानीय तहले पनि हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहज रुपमा उजुरी गर्ने वातावरण तयार गर्नुपर्नेमा उनको जोड छ ।रासस


प्रतिक्रिया दिनुहोस्