दक्षिण एसियाको आर्थिक वृद्धिदर २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहने « Arthapath.com
१० बैशाख २०७७, बुधबार

दक्षिण एसियाको आर्थिक वृद्धिदर २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहने



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले कोरोना भाइरस महामारीले दक्षिण एसियाली अर्थतन्त्र र नेपालमा पार्ने प्रभावका विषयमा विश्व बैंकसँग भिडियो कन्फ्रेन्सका माध्यमबाट आज छलफल कार्यक्रम आयोजन ग¥यो । छलफलमा विश्व बैंकका नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोससहित एक दर्जनभन्दा अधिक आर्थिक पत्रकारहरूको सहभागिता थियो ।
छलफललाई सम्बोधन गर्दै विश्व बैंकका देशीय प्रबन्धक फेरिसले विश्वव्यापी अर्थतन्त्रमा आउँदा केही वर्षसम्म कोरोना भाइरस महामारीको प्रभाव दुर्भाग्यपूर्ण हुने बताउनु भयो ।

“विश्व, दक्षिण एसिया र नेपालमा चालू र आउँदा केही वर्षसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य अनुपातले कमी आउने छ । महामारीभन्दा पहिला दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको थियो, तर कोभिड–१९ का कारणले क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहनेछ, यो विगत चालीस वर्षकै सर्वाधिक खराब वृद्धिदर हो । आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा छ,” उहाँले भन्नुभयो ।

नेपाल दुई ठूला छिमेकीहरूको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पार्नेछ । आर्थिक मन्दीका बारेमा चाखलाग्दो कुरा के छ भने हामी यो कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं, यो अन्यभन्दा फरक छ । यो मन्दीमात्रै होइन, फरक प्रकारकै मन्दी हो ।

सामान्यतयाः मन्दीले लगानी र वस्तुको मागमा असर पार्छ । सामान्यतयाः मन्दीहरू मागद्वारा हाँकिएका हुन्छन्, तर विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले गर्दा आपूर्तिद्वारा हाँकिएको छ । अहिलेको अवस्थामा हामी माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था सामना गरिरहेका छौं । यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वद्धिलाई फरक ढंगले पुर्नर्जीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्नेछ । यो संक्रासलाई अलग रूपमा बुझ्नाले देशहरूलाई आपूर्तिमा आएको कमीलाई रोकथाम गर्नका लागि आवश्यक प्रोत्साहन प्याकेज ल्याउन पनि मद्दत पुग्नेछ ।

विश्व बैंकका प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको जीडीपीको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने छ । यो नेपालका लागि विश्वका अन्य भागहरूजस्तै ठूलो प्रहार हो ।

विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनियमयमा प्रभाव पानेछ । नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् । आपूर्ति प्रणाली पारेको झटका कारण कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने हामीले अपेक्षा गरेका छौं भने भने वित्तीय घाटा र चालु घाटा दुवै विस्तारित हुने अपेक्षा गरिएको छ ।

विश्व बैंक नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको छ । विश्व बैंक आगामी वर्ष प्राथमिकताका आधारमा निकै काम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछ । पहिलो प्राथमिकता तत्काल स्वास्थ्यका लागि चाल्नु पर्ने कदम हुनुपर्छ र सरकार यसअघि नै यस्तो काम गरिरहेको छ । दोस्रो तत्काल सामाजिक सहयोग र रोजगारी हो ।

ठूलो संख्यामा विदेशिएका नेपालीहरू स्वदेश फर्कदैछन्, जसका लागि ठूलो आकारमा रोजगारीको आवश्यकता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमहरू र अन्य यस्तै खालका कार्यक्रमहरूमा ध्यान केन्द्रीत गरिनु पर्छ । यो आपूर्तिजन्य झट्का भएकाले, तेस्रो हामीले वस्तुको उत्पादन सुचारु रहने सुनिश्चित तुल्याउँदै साना तथा मझौला उद्योगहरूलाई केन्द्रीत र बढावा दिँदै वास्तविक क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ । यसैगरी आपूर्ति श्रृङ्खला सही ढंगले कायम राख्नु पर्छ । चौथो प्राथमिकता समष्टिगत आर्थिक स्थायित्व कायम हुनुपर्छ । खर्च अवस्था बढ्नेवाला छ, त्यसैले खर्चको प्राथमिकीकरण निर्धारण हुनुपर्छ ।

विश्व बैंकले विद्यमान आफ्नो कुल लगानी ९पोर्टफोलियो० परियोजनाहरूबाट पोर्टफोलियाको १८ प्रतिशत कोभिड–१९ को प्रतिक्रित्मक क्षेत्रमा केन्द्रीत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्