आज लोकतन्त्र दिवस र आमाको मुख हेर्ने दिन « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

आज लोकतन्त्र दिवस र आमाको मुख हेर्ने दिन



काठमाडौँ । आज नेपाली जनताको लागि महत्वपूर्ण दिन रहेको छ । आजकै दिन राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन हो, आज ।

२०६२÷६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु वैशाख ११ गते निरङ्कुश राजतन्त्रले हार मानेको थियो । विभिन्न कालखण्डमा नेपालीहरुलाई दुख परेको भएपनि त्यो समयमा जनताहरु निकै जानकार भईसकेका थिए । नेपाल एकिकरण गर्ने श्री ५ बडामहाराजधिराजका सन्तानले नै निरंकुश सत्ता सञ्चालन गरिरहेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्र अनुसार अगाडि बढ्ने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच सम्पन्न १२ बुँदे सहमतिपश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो । नेपाली जनताको ठूलो त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रकै जगमा संविधान सभामार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भएको थियो ।

त्यस्तै संयोगले आजको दिन माता तिर्थ औँशी पनि आजको दिन परेको छ । आजको दिनमा आमाको विशेष पुजाआजा गरि मिठा मिठा खानेकुरा दिने चलन रहेको छ । विहानै नुहाएर नजिकको मन्दिरमा पुजा गर्ने चलन पनि रहेको छ । आमालाई श्रृष्टिकर्ताका रुपमका पनि लिने गरिन्छ । बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइत पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनि सम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरु व्यक्त गर्दछन् । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्