ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतबाट ज्ञवाली बाहिरिए « Arthapath.com
११ बैशाख २०७७, बिहीबार

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतबाट ज्ञवाली बाहिरिए



काठमाडौं । चार बर्षको कार्यकाल भएपनि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मनोज ज्ञवाली दुई बर्षमा नै बाहिरिएका छन् । उनको दुई बर्षे कार्यकाल बाँकि रहेपनि बैंक छोडेका हुन् । ज्ञवालीले २ बर्ष पुराभएपछि बैशाख १५ गते छोड्ने निर्णय गरेको बताए ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ करिअर शुरु गरेका उनी ग्लोबल बैंकमा पनि उनले अनुभव लिएका छन् । उनले सात बर्ष राष्ट्र बैंकमा काम गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको करिव ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेको अनुभव, करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको अनुभव, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्यअनुभव, जलविद्युत क्षेत्रमा १ वर्ष काम गरेको अनुभव तथा विकास बैंकमा २ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ भने उनी बरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्