असिनापानीले दुईजना घाइते « Arthapath.com
१३ बैशाख २०७७, शनिबार

असिनापानीले दुईजना घाइते



सर्लाही । सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पुर्‍याएको छ ।

हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पु¥याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन् ।

असिना लागेर बाख्रा, कुखुरा, कुखुराको चल्ला तथा रुखमा बस्ने चरासमेत मरेका छन्।

असिनाले लालबन्दी नगरपालिका वडा नं १२, १३, १४, १५ र १६ मा केरा, मकै, आँप, तरकारी खेतीलगायत विभिन्न बालीमा क्षति पुर्‍याएको हो । असिनाले खपडा तथा टाली, एलबेस्टरले छाएका घरको छानोमा समेत क्षति पुर्‍याएको छ ।

हावाहुरीका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठसमेत भत्काएको छ । ईश्वरपुर नगरपालिका वडा नं १२ मा समेत असिनाले ठूलो क्षति पुर्‍याएको स्थानीयवासीले जनाएका छन् ।

यसैबीच हावाहुरी र असिनापानीमा परेर लालबन्दी नगरपालिका–११ मा दुई घाइते हुनुभएको छ । खेतमा काम गरिरहेको अवस्थामा असिनापानीले चुट्दा ६० वर्षीया जेसुनमाया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाइते भएका वडाध्यक्ष दीपककुमार लामाले जानकारी दिए ।

घाइते जेसुनमायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताए ।

ठूलाठूला असिनाले हुर्कंदै गरेको आँप, केरा, मकैबाली र तरकारीमा क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन् । “ठूलो–ठूलो असिना र्झयो । एकैछिनमा मकैबाली र तरकारी कुट्यो”, खेतमा काम गरिरहेको ६० वर्षीया जेसुनमाया घिसिङले भनिन्, ठूलाठूला असिनाले चुट्दा आफू घाइते भए ।”

असिनापछि भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ । तीव्रगतिका हावाहुरीका कारण जिल्लाको कतिपय स्थानमा बिजुलीका पोल रुख ढलेका छन् । जसका कारण विद्युत् प्रसारण अवरुद्ध भएको छ । त्यस्तै जिल्लाको बसबरिया गाउँपालिकामा समेत असिनाले ठूलो क्षति पु¥याएको वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले जानकारी दिए ।

“लकडाउनको समय छ । खानेकुरा साँच्नुपर्ने बेला हुर्कंदै गरेको बाली र फलेको तरकारीमा असिनाले क्षति पुर्‍यायो”, उनले भने, “आँप, मकै र तरकारीबालीमा क्षति पु¥याएपछि यस भेगका किसान चिन्तित बनेका छन् ।” असिनाले बसबरिया गाउँपालिकामा पनि ठूलो क्षति पुर्‍याउनुका साथै घरहरुमा समेत क्षति पगुेको वडाध्यक्ष यादवले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार असिनापानीले किसानका आँप, मकैबाली र तरकारीमा ठूलो क्षति पुर्‍याएको छ । आँप, मकैबाली र तरकारीमा क्षति र्पुयाएपछि किसान चिन्तित बनेका छन् । हावाहुरी र असिनापानीबाट के कति क्षति पुर्‍याए भनेर विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्