पोखरा महानगरको राहत कोषमा चार करोड सात लाख « Arthapath.com
१३ बैशाख २०७७, शनिबार

पोखरा महानगरको राहत कोषमा चार करोड सात लाख



काठमाडौं । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । आजसम्म महानगरको कोषमा चार करोड सात लाख ३३ हजार ४९ रुपैयाँ जम्मा भएको छ ।

कोषमा निर्माण व्यवसायी समिति पोखराले एक लाख एक हजार पाँच र सगरमाथा माबिबाट ५० हजार रुपैयाँ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कास्कीले २४ हजार ५ सय रुपैयाँ, कलम बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार, नेपाली एकता मञ्च बेल्जियमका सदस्य चन्दकुमारी गुरुङले २० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

महानगरपालिकाले दुई करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारको एक करोड रुपैयाँबाट शुरु गरिएको राहत कोषमा विभिन्न सङ्घ संस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको महानगर प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

भौगोलिक हिसाबले सबैभन्दा ठूलो सो महानगरपालिकाका ३३ वडाका ३० हजार ७ सय ४५ घरपरिवारलाई लगभग तीन करोड ५० लाख रुपैयाँ बराबर राहत वितरण गरिसकिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । रासस


प्रतिक्रिया दिनुहोस्