लकडाउन १० दिन थप्ने सरकारको निर्णय « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

लकडाउन १० दिन थप्ने सरकारको निर्णय



काठमाडौँ । विश्वभरि फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि जारी गरिएको लकडाउन १० दिन थप गरिएको छ । आईतवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनको अवधि १० दिन थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको स्रोतले दिएको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।


प्रतिक्रिया दिनुहोस्